आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीमा बीमा गराएका बीमितहरुका लागि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर वितरण गर्ने तालिका सार्वजनिक गरेको हो । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण नियामक निकाय बीमा…