बीमा समितिमा रिक्त सञ्चालक पदमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले बीमा समितिका सञ्चालकमा बीमितको तर्फबाट प्रतिनिधित्व गर्नेगरी दाङका सन्तोष रिजाललाई नियुक्त गरेको हो । अर्थशास्त्रका ज्ञाता रिजालसँग बीमितको हितमा काम गरेको अनुभव समेत छ । बीमा ऐन २०४९ अनुसार बीमा समितिमा चार जना सञ्चालक रहने व्यवस्था रहेको छ । समितिमा नेपाल सरकारले नियुक्त…