नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले दिएको राजिनामा कम्पनी सञ्चालक समितिले स्वीकृत गरेको छ । कार्तिक २१ गते बसेको सञ्चालक समितिको ३२८ औँ बैठकको निर्णयले प्रसाइको राजीनामा स्वीकृत गरेको हो । प्रसाईको राजीनामा स्वीकृत गरेसंगै कामु कार्यकारी अधिकृतको जिम्मेवारी डेपुटी प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीलाई दिने निर्णय पनि सञ्चालक समितिले गरेको छ ।…