हिमालयन रि–इन्स्योरेन्स कम्पनी सञ्चालन अनुमति दिँदा एक अर्बको ‘डिल’

हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई पुनर्बिमा कम्पनी सञ्चालनका लागि इजाजतमा एक अर्ब रुपैयाँ अनियमितता भएको छ । आजको नागरिक दैनिकमा संवाददाता दिलीप पौडेलको बाइलाईनमा प्रकाशित समाचारका अनुसार सरकारको उच्च नेतृत्वलाई प्रभावमा पारेर हिमालयन रि–इन्स्योरेन्स कम्पनीले अनुमति पाएको त्यही कम्पनीका एक सञ्चालकले बताएको उल्लेख छ । हिमालयन रि–इन्स्योरेन्सका सञ्चालकले कम्पनी दर्ताका लागि सूचना निकाल्नुपूर्व नै सरकारको उच्च नेतृत्वसँग…