सात जीवन बीमा कम्पनीको साढे ४ अर्बको आईपीओ आउँदै, कसको कति ?

दश नयाँ जीवन बीमा कम्पनीहरुमध्ये अझै ७ कम्पनी साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रियामा रहेका छन् । सात जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३९ करोड ५ लाख रुपैयाँ बराबरको ४ करोड ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेका हुन् । दश नयाँ जीवन बीमा कम्पनीमध्ये तीन कम्पनीले भने सर्वसाधारणमा आईपीओ निष्काशन गरि सकेका छन्…