बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त

  सरकारले बीमा समितिको अध्यक्षमा पूर्व सचिव सुर्य प्रसाद सिलवाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सिलवाललाई अध्यक्ष नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुने छ ।  बीमा समितिका अध्यक्षका लागि अर्थमन्त्री बिष्णु पौडेलले उनीसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । ती मध्येबाट सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो…