गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड (GLICL) ले मंसिर ४ गते कम्पनीको प्रधान कार्यालय, श्रीराज भवन, तिनकुने, काठमाडौँमा दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई शतप्रतिशत हकप्रदपछि कायम भएको चुक्ता पूँजीको ५.२५ प्रतिशत (९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँ) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।…