नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई हकप्रद बिक्री गर्न अनुमति दिएको छ । एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले धितोपत्र बोर्डबाट हकप्रद बिक्रीको अनुमति पाएका हुन् । दुवै कम्पनीले ६० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति पाएका छन् । हकप्रद बिक्रीपछि दुवै कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम कायम हुनेछ । समितिका अनुसार निर्जीवन बीमा…