जग्गा भाडामा लिएर बाली लगाउनेलाई नै कृषि बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह

जग्गाधनी एक व्यक्ति र जग्गा भाडामा लिएर खेती गर्ने अर्को व्यक्ति भएको अवस्थामा कृषि बीमा दाबी जग्गाधनीले नभई कृषिबाली लगाउने व्यक्तिले नै पाउने व्यवस्था गर्न आग्रह गरिएको छ । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा पुस २४ गते आइतबार पर्साको बिन्दबासिनी गाउँपालिकामा आयोजित बीमा सम्बन्धी जनचेतना मूलक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो आग्रह गरेका हुन्…