सगरमाथा इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ…