पिपरा गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिने

बीमा समितिको आयोजनामा यही असार ११ गते (हिजो) मधेश प्रदेशको महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले कृषि तथा पशुपन्छी बीमामा आगामी साउन १ गतेदेखि नै लागू हुनेगरी गाउँपालिकाले थप अनुदान उपलब्ध गराउने जानकारी दिए । अध्यक्ष यादवले सरकारले ८० प्रतिशत…