बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको सङ्ख्या घटाउन, पूँजी वृद्धि गर्न, बीमकको जोखिम धारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय भएको बताएका छन । नववर्ष २०७९ को पूर्वसन्ध्यामा ललितपुरको कुपण्डोलस्थित बीमा समितिमा आयोजित बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष…