आर्थिक पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य – सी चिनफिङ

चीनका राष्ट्रपति सी चिनफिङले कोभिड–१९ का कारण तहसनहस भएको विश्वअर्थतन्त्रको पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी अपरिहार्य भएको बताएका छन। विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको सत्रौँ बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले आर्थिक पुनरुत्थानका लागि विश्वव्यापी साझेदारी र सहकार्य आवश्यक भएको बताए । चिनियाँ राष्ट्रपतिले जनतालाई केन्द्रमा राखेर विकासलाई प्राथमिकता…