इन्धनको मूल्य नियन्त्रणका लागि साझा धारणा बनाउन ईयू राष्ट्रहरू सहमत

युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रका ऊर्जामन्त्रीहरूले इन्धनको मूल्य नियन्त्रणका लागि अस्थायी आपतकालीन उपायबारे साझा धारणा बनाउन शुक्रबार सहमति जनाएका छन् । चेक गणतन्त्रका उद्योग तथा व्यापारमन्त्री जोजेफ सिकेलाले ब्रसेल्समा भएको ऊर्जा परिषद्को बिशेष बैठकपछि भने, “उनीहरूले युरोपेली आयोगलाई केही दिनभित्रै बलियो र ठोस प्रस्ताव पेश गर्ने जिम्मेवारी दिएका छन् ।” “हामी इन्धनको उच्च मूल्यहरूको…