जापानी येन सन् २००२ यताकै कमजोर भएपछि जापानको केन्द्रीय बैंक, अर्थ मन्त्रालय र केही वित्तीय संघसंस्थाले संयुक्त रुपमा काम गरी येनलाई थप कमजोर हुन नदिने एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् । बैंक अफ जापानका पदाधिकारीहरुसँग छलफल गरेपछि जापानका वरिष्ठ मौद्रिक रणनीतिज्ञ मासाटो कान्डाले छलफलबाट प्रतिपादन भएका समाधानहरुलार्ई सावधानी पूर्वक लागू गर्ने जानकारी गराए ।…