भारतको सबैभन्दा सस्तो मानिने स्पाइसजेट एयरलाइन्स सरकारी अनुसन्धानको घेरामा परेको छ । स्पाइसजेटको बी७३७–८०० विमानको अटोपाइलट खराब हुँदा जहाजमा उत्पन्न असन्तुलनका कारण जहाजमा सवार यात्रुहरु घाइते भएपछि भारत सरकारले छानबिन गरेको हो । स्पाइसजेटको बी७३७–८०० विमान मे १ मा मुम्बईबाट पश्चिम बंगालको दुर्गापुरको लागि उडान भरेको थियो । विमानमा अटोपाइलटले उडानको बीचमा दुई मिनेट काम…