बङ्गलादेशले कृषि उद्योगलाई स्तरोन्नति गरी उच्च गुणस्तरको विकास हासिल गर्नका लागि चिनियाँ कृषि प्रशोधन उद्यम र कृषि मेसिनरी उद्यमलाई मुलुकमा लगानी गर्न स्वागत गरेको कृषिमन्त्री मोहम्मद अब्दुस शाहिदले बताएका छन। बङ्गलादेशका लागि चिनियाँ राजदूत याओ वेनसँग भेटमा शाहिदले बङ्गलादेशको विकासमा चीनले खेलेको भूमिकाको प्रशंसा गर्दै चीन बङ्गलादेशको सबैभन्दा असल मित्र र विकास साझेदार भएको बताए…