भारतीय रिजर्भ बैंक(आरबीआई)का गभर्नर शक्तीकान्त दासले वित्तीय बजार र अर्थतन्त्र अलग–अलग गतिमा चलेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समयमा देखिएको फरक गतिले वित्तीय क्षेत्रलाई असर पुर्याउने उनको भनाई छ । गभर्नर दासले वित्तीय स्थायीत्व प्रतिवेदन अनुसार अर्थतन्त्र र वित्तीय क्षेत्रको चाल एउटै नभएको बताएका हुन् । “पछिल्लो केही समयदेखि वित्तीय बजारका केहि निश्चित…