बेलायतको कूल गार्हस्थ उत्पादन अगस्टमा पनि वृद्धि, अझै महामारीपूर्वको तहमा पुग्न सकेन

बेलायतको कूल गार्हस्थ उत्पादनमा अगस्टसहित लगातार चौंथो महिनामा वृद्धि देखिएको छ । घरेलु उत्पादन सुचकाङ्कमा वृद्धि देखिएको भएपनि अझै महामारीपूर्वको अवस्थामा भने आइनसकेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार जनाएको छ । तथ्याङक अनुसार बेलायतको कूल गार्हस्थ उत्पादन अगस्टमा २.१ प्रतिशतले बढेको तर यो जुलाईको ६.४, जुनको ९.१ र मेको २.७ प्रतिशतभन्दा कम रहेको छ ।…