सन् २०२० भित्र कोभिड–१९ खोपको ६१ करोड मात्रा उत्पादन गर्ने चीनको दाबी

कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी चिनियाँ अधिकारीहरूले शुक्रबार गरेका छन् । विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चार ओटा कोरोनाभाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ । विश्वभरका वैज्ञानिकहरूले घातक सङ्क्रमण विरोधी…