पोर्टल्यान्डमा ट्रम्प समर्थक र विरोधीबीच झडप, १ को मृत्यु

संयुक्त राज्य अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डमा शनिबार अबेर राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक र विरोधीबीच झडप हुँदा एक जना ट्रम्प समर्थकको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रम्प समर्थकको एउटा जुलुसका समर्थक र अश्वेत आन्दोलनकारीका सदस्यबीच पोर्टल्यान्डको सडकमा झडप भएको थियो । आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई पुनः विजयी गराउन भन्दै करिब ६०० वटा सवारी…