आर्थिक मन्दीको असर : अधिकांश एशियाली शेयर बजारमा गिरावट

अधिकांश एशियाली शेयर बजारको कारोबार शुक्रबार ओरालो लागेको छ । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबका साथै कोरोना भाइरसका कारण सिर्जना भएको आर्थिक मन्दीले शेयर बजारमा असर परेको हो । लगानीकर्ताहरु शुक्रबार सार्वजनिक हुने अमेरिकी रोजगारको मासिक प्रतिवेदनको समेत प्रतिक्षा गरिरहेका छन् । यो प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको पछिल्लो अवस्थालाई चित्रण गर्दछ । अमेरिकी शेयर बजारमा…