भारतीय अभिनेता इरफान खानको मृत्यु भएको २४ घण्टा नबित्दै बलिउडले अर्का सशक्त नायक ऋषि कपूर गुमाएको छ। ऋषिका दाई रणधीर कपूरले निधनको खबर पुष्टि गरेका हुन् । स्वास प्रश्वासको समस्या आएपछि बुधबार सर एच. एन. रिलायन्स फाउन्डेसन हस्पिटलमा भर्ना गरिएको भारतीय अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरसंग लडिरहेका…