बंगलादेश सरकारले कोरोनाभाइरस संक्रमित संख्या बढेको भन्दै देशव्यापी लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको छ । बंगलादेशका सामान्य प्रशासन राज्यमन्त्री फरहाद होसेनले कोरोना भाइरसको विस्तार रोक्न लकडाउन एकमात्र उपयुक्त विधि देखिएको भन्दै बिहीबार नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरिने बताए। कोरोनाभाइरस महामारीको अवस्थामा सामाजिक दूरी सुनिश्चित गर्न सरकारले मार्च २६ देखि १० दिनका लागि सार्वजनिक…