भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीले गरिबहरूलाई नगद रकम दिन माग गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन भन्दै सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) को घोषणा गरेपछि गरीबलाई समस्या परेको भन्दै गान्धीले यस्तो माग गरेका हुन् । कतिपय परिवारमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु तथा सेवाको अभाव भएकाले सिधै रकम उपलब्ध…