भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग बुधबार छलफल गरेका छन्। कोरोना भाइरसको सङ्क्रमणविरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्धेश्यले उनले सर्वदलीय बैठक गरेका भारतीय अधिकारीहरुले जनाएका छन् । लोकसभा र राज्यसभामा पाँचभन्दा बढी सदस्य रहेका दलहरुसँग उनले छलफल गरेका प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि सामाजिक दुरी…