कोरोनाभाइरस: ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। आइतवार साँझ उनलाई 'लक्षणहरू उस्तैू देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो। उनका डाक्टरको सुझावपछि यो कदम 'सावधानीको रुपमा' चालिएको बताइएको छ। सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले…