अमेरिकामा गोलीकाण्डमा परि चारको मृत्यु

अमेरिकामा भएको गोलीकाण्डमा परि कम्तीमा चार जनाको मृत्यु भएको छ। उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ। प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको हो। “सरकारी अधिकारीहरु घटनास्थलमा पुगेर…