अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाएका छन्। डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार समेत रहेका बाइडेनले राष्ट्रपति ट्रम्पले खतरनाक रुपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप लगाएका हुन्। उनले राष्ट्रपति ट्रम्पले विपक्षी दलहरु तथा अमेरिकी समूहका अरु सहयात्रीहरुसँग कुनै पनि परामर्श नगरी इरानी सैन्य कमाण्डरको हत्या…