क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतले आयोजना गरेको भर्चुअल जी२० नेताहरूको शिखर सम्मेलनमा भाग लिने भएका छन् । ट्रुडो निकटका अधिकारीहरूले बुधबार उनी बैठकमा भर्चुअलरूपमा सामेल हुने कार्यतालिका जारी गरेका छन् । भारत र क्यानडाबीच कूटनीतिक गतिरोधका बीच भर्चुअल बैठकमा प्रधानमन्त्री ट्रुडोले उपस्थिति जनाउने भएका छन् । यसअघि क्यानडा सिनेटका सभामुख रेमोन्डे ग्याग्नेले अक्टोबर १२ मा…