रेडक्रसको हमास र इजराइलसँग सम्पर्क

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ । गत शनिबार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमणपछि सैनिक, सर्वसाधारण, बालबालिका र महिला सहित कम्तीमा १५० इजराइली र विदेशीलाई गाजापट्टीमा बन्धक बनाइएको छ । “तटस्थ मध्यस्थकर्ताका रूपमा मानवीय भ्रमणहरू गर्न, बन्धक र परिवारका सदस्यबीच सञ्चार सम्पर्क सुविधा उपलब्ध गराउन…