भारतको संघीय सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको अधिकारीहरूले शनिबार बताएका छन् ।आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले अर्थ मन्त्रालयले शुक्रबार साँझ उक्त आदेश जारी गरेको हो । निर्देशन अनुसार, निर्यात शुल्क तत्काल कार्यान्वयन गरी अक्टोबर ३१ सम्मका लागि प्रभावकारी रहनेछ । यो नयाँ प्रतिबन्धसँगै भारतले अब सबै प्रकारका…