आफूले नै स्थापना गर्न सहयोग गरेको समूह र आफ्नो नजिकको मानेको मान्छेले आफू नै विरुद्ध हमला गर्दा कस्तो हुन्छ, त्यो अनुभव हाल रुसी राष्ट्रपति भलादिमिर पुटिनले गरेका छन् । भलादिमिर पुटिनका पूर्व सेफ युवगिनी प्रिगोजीनको नेतृत्वमा वाग्नर ग्रुपले जुन २४ मा रुसको रोस्टोभ–अन–डन सहरमा कब्जा गरी क्रेम्लीनमा हमला गर्ने धम्की दिएका थियो । रुस–युक्रेन युद्ध…