अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रबन्ध निर्देशक क्रिष्टालिना जिर्योजीभाले जी–२० देशहरुलाई अन्तर्राष्ट्रिय वित्तीय संरचना बलियो बनाउन आग्रह गरेकी छिन् । भारतको बेङलुरुमा सम्पन्न भएको जी–२० राष्ट्रका अर्थमन्त्री तथा गर्भनरहरुको पहिलो चरणको बैठकका क्रममा उनले विश्वव्यापी वित्तीय सुरक्षाका विषयमा बोल्दै वित्तीय संरचना बलियो बनाउन अनुरोध गरेकी हुन् । सन् २०२३ मा विश्व अर्थतन्त्र संकट उन्मुख रहेसँगै…