विश्व बैंकका अध्यक्ष माल्पासले कार्यकाल सकिनु अगावै राजीनामा दिने

विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने घोषणा गरेका छन् । माल्पासद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “विश्वको प्रमुख विकास संस्थाको अध्यक्षको रुपमा सेवा गर्न पाउनु ठूलो सम्मान र सौभाग्यको कुरा हो । विकासशील देशले अभूतपूर्वसङ्कटको सामना गरिरहेको अवस्थामा बैङ्क समूहले नयाँ गति, नवीनता र प्रभावको साथ प्रतिक्रिया दिएको छ ।”…