काठमाडौँ–तराई फास्ट ट्र्याकअन्तर्गत घट्टेपाखा–धेद्रे सुरुङको ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाण्डौं–तराई\मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर 'ब्रेक थ्रु' गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाण्डौं–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गरेका हुन्। निजगढ–काठमाण्डौंतर्फको एक दशमलव छ सय ५३ किमी धेद्र्रे सुरुङ…