एक लाख घुस लिने शिक्षा अधिकृत शेषकान्त पौडेल विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका, शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको र १ लाख रुपैयाँ घुस लिइसकेका पौडेल विरुद्ध आयोगले मुद्दा दर्ता गरेको हो । पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को…