नेपाल आर्थिक संघले सरकारलाई अनुसन्धानमा आधारित जनतालाई आशा जगाउने खालको बजेट ल्याउन सुझाएको छ । सोमबार संघका प्रतिनिधिले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई भेट गर्दै आगामी आर्थिक वर्षको बजेटले आम सर्वसाधारणमा आशा जगाउने खालको हुनुपर्ने बताएका हुन । वरिष्ठ उपाध्यक्ष डा भवानी प्रसाद ढुंगानाको नेतृत्वमा संघको टोलिएको गएको थियो । टोलीले अर्थ मन्त्रीलाई अर्थतन्त्रको पछिल्लो अवस्था…