नेपाल इटली चेम्बरको उपाध्यक्षमा राजवंशी, विभिन्न समिति गठन

नेपाल इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी मनोनित भएका छन् । सोमबार बसेको नेपाल इटली चेम्बरको दोस्रो वैठकले रिक्त उपाध्यक्ष पदमा राजवंशीलाई चयन गरेको हो । लामो समयदेखि शिक्षा क्षेत्रसँग आवद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपलसमेत हुन् ।नेपाल इटली चेम्बर अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा बसेको यो वैठकले विभिन्न विषयगत समिति पनि गठन गरेको छ…