कर बुझाउन १४९ कम्पनीलाई राजस्व कार्यालयको ताकेता

आन्तरिक राजस्व कार्यालय नयाँ सडकले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने कम्पनी र सञ्चालकको नाम सार्वजनिक गरेको छ । कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न मितिमा पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर र मूल्य अभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि कम्पनी र सञ्चालकको नामसहित सार्वजनिक सूचना जारी गरेको हो…