सात बैंकले ऋणपत्र (डिबेन्चर) बिक्रीबाट १६ अर्ब रुपैयाँ संकलन गर्ने भएका छन् । दीर्घकालीन लगानीको स्रोत जुटाउने प्रयोजनका लागि ती बैंकहरुले नेपाल राष्ट्र बैंकको अनुमति लिएर सर्वसाधारणमा बिक्री गर्ने प्रयोजनका लागि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका हुन् । सेबोनका अनुसार ७ वटा बैंकहरुले विभिन्न मितिमा एक हजार रुपैयाँ अंकित…