तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए। प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन्। गत मङ्सिरमा…