श्रीलङ्काका विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले सरकारले आगामी महिना देशमा इन्धनको मूल्य घटाउने बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावट र सङ्कटग्रस्त मुलुकले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण स्वीकृतिका कारण आपूर्तिकर्ताबाट प्रतिस्पर्धात्मक मूल्य प्राप्त गर्न सक्ने क्षमता भएकाले मूल्य घटाउन सकिने उनले संसद्लाई बताए । उनले अमेरिकी डलरसँगको श्रीलङ्काको रूपैयाँको पनि मूल्य वृद्धि भइरहेको…