औषधीको रुपमा चिनिने चिराइतोको मूल्य वृद्धि

चिराइतोको मूल्य गत वर्षको तुलनामा १० हजार रुपैयाँले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) ३० हजार रुपैयाँका दरले कारोबार भएको चिराइतोको मूल्य हाल ४० हजार रुपैयाँ पुगेको छ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन  ३५ हजारका दरले कारोबार भइरहेको छ…