गुल्मीको धुर्कोटमा नयाँ गुफा फेला

गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ । गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब १०० मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिएका छन् । दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो । गुफाभित्र शिवलिङ्ग, गाईको थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर…