भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले आज भारतबाट अवैध रुपमा लुकाई–छिपाई ल्याउँदै गरेको १० लाख २१ हजार रुपैयाँ ४ सय बराबरको औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा बेवारिसे अवस्थामा औषधि बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोसाकको प्रहरीको टोलीले सेगोप्लेक्स आठ…