सिङ्गापुर र अमेरिकाबीच गैर–सैनिक परमाणु उर्जा सहयोग सम्झौतामा हस्ताक्षर

संयुक्त राज्य अमेरिका र सिङ्गापुरले बुधबार परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले एउटा सम्झौतामा हस्ताक्षर गरेको छ । एसियाको भ्रमणको क्रममा वासिङ्टनका शीर्ष कूटनीतिज्ञ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उहाँको सिङ्गापुरका समकक्षी भिभियन बालाकृष्णनले गैर–सैनिक परमाणु उर्जासँग सम्बन्धित ‘१२३ सम्झौता’ मा हस्ताक्षर गरेका छन् । “यो सम्झौता संयुक्त राज्य अमेरिका र सिङ्गापुरबीच लामो…