नियमित ऊर्जाको उपलब्धता, लगानीमैत्री वातावरण तथा निर्माण क्षेत्रमा आएको उत्साहजनक अवस्थाका कारण पछिल्लो दिनमा नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको छ । सिमेन्टमा देश आत्मनिर्भर भएसंगै अन्तराष्ट्रिय बजारमा निर्यातको प्रयास हुन थालेको छ । अर्घाखाँची सिमेन्टका सञ्चालक मुरारकाको भनाइमा सरकारले सिमेन्ट भारत निर्यातका लागि सहजीकरण गरिदिनुपर्छ । “हामी आत्मनिर्भर भई नै सक्यौँ, अब हामीले अन्तराष्ट्रिय बजार…