मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण शुरु भएको नौ वर्ष बिते पनि झार्पा र कार्कीगाउँ बीचमा रहेको मन्ता भिरखण्डको बाटो निर्माण हुन नसक्दा समस्य हुँदै आएको छ । कुदुदेखि सुयाडासम्मको ८७ किमि सडकसमेत खुलिसकेको छ तर भन्ताभिरको ५०० मिटर चट्टानका कारण नौ वर्षदेखि सडकको काम अलपत्र परेको हो । गत वर्षदेखि जाजरकोट खण्डको ३५ किमि सडकको स्तरोन्नतिको काम…