लाहानबाट डिजेल सहितको ट्यांकर अपहरणमा

नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर गत राती अपहरणमा परेको छ। अमलेखगन्जबाट २० किलोलिटर डिजल लोड गरेर विराटनगर जाँदै गरेको ट्यांकर सप्तरीको लाहानबाट राती १ बजे अपहरणमा परेको नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।